Published on August 26, 2024
कान्तिपुर इन्टरनेशनल कलेजको बिआईडी (BID) विभागले शनिवार जीनियस आईबी वर्ल्ड स्कुलमा ” Innovation in Interior Design ” विषयमा प्यानल छलफल आयोजना गर्यो। यस कार्यक्रमले इन्टेरियर डिजाइन क्षेत्रमा नवीनता र नयाँ प्रवृत्तिहरूको महत्त्वबारे गहन छलफल गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. मधुरा कार्कीले उद्घाटन मन्तव्य दिँदै नवप्रवर्तनले इन्टेरियर डिजाइन क्षेत्रलाई कसरी अगाडि बढाउन सक्छ भन्ने विषयमा जोड दिनुभयो। उहाँले डिजाईन क्षेत्रमा परिवर्तनको आवश्यकतामा जोड दिँदै यस क्षेत्रका पेशेवरहरूलाई नयाँ चुनौतीहरू सामना गर्न सधैं तयार रहन सुझाव दिनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य कान्तिपुर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक प्रताप राज जोशीले दिनुभयो भने कार्यक्रमको अध्यक्षता कान्तिपुर इन्टरनेशनल कलेजका अध्यक्ष श्री नवीन कुमार जोशीले गर्नुभयो।
प्यानलमा निम्न व्यक्तिहरूको सहभागिता रह्यो:
कार्यक्रमको संचालन रितु मालबुल र अनिशा सुवेदीले गर्नुभएको थियो भने मोडरेटरको भूमिका रितिका पाण्डे र रिशिका श्रेष्ठले निभाउनुभएको थियो। कार्यक्रमको अन्त्यमा बिआईडी पाचौं सेमेस्टरकी विद्यार्थी स्वस्तिका थापाले धन्यवाद ज्ञापन गर्नुभयो। दोस्रो, चौथो, पाँचौं र छैटौं सेमेस्टरका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा र ज्ञानको सञ्चार गरेको थियो।
छलफल पश्चात् सहभागीहरूले प्यानल सदस्यहरूसँग प्रत्यक्ष रूपमा संवाद गर्ने मौका पाएका थिए। यस कार्यक्रमले डिजाईन क्षेत्रको भविष्यको दिशानिर्देशन गर्दै नवीनता महत्त्वलाई उजागर गरेको छ।
कान्तिपुर इन्टरनेशनल कलेजको बिआईडी विभागले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरी विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक अनुभवलाई थप समृद्ध बनाउने योजना बनाएको छ।